नेपाल चिकित्सक संघका चिकित्सकलाई माछापुच्छ्रे बैंकको  विशेष बैकिङ्ग सेवा

नेपाल चिकित्सक संघका चिकित्सकलाई माछापुच्छ्रे बैंकको  विशेष बैकिङ्ग सेवा


बैकिङ्ग समाचार । 
माछापुच्छ्रे बैंक र नेपाल चिकित्सकबीच प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपाल चिकित्सक संघसँग आवद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा संस्थाहरुलाई विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला हस्ताक्षर गरे।

राज्यको अभिन्न अंङ्गको रुपमा रहेको चिकित्सा क्षेत्रमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी तथा संस्थाहरुलाई बैंकले विशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जानकारी दिएको छ।

बैंकले संघको अफिसियल बैंकको रुपमा आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्ने भएको छ।

यो बैंकले १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिदैं आएको छ।