एक तोला सुनको मूल्य ९९ हजार !

एक तोला सुनको मूल्य ९९ हजार !


बैकिङ्ग समाचार । 
नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा बिहीबार तोलाकै ९९ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १५ गते बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार, तेजाबी प्रतितोला ९८ हजार ५६० तथा चाँदी १ हजार २२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

बुधबार सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ तथा चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो। यसदिन चाँदीको मूल्य भने स्थिर छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउअनुसार मूल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।