‘प्रभु क्यापिटलसँग जोडौँ नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’: घरमै बसेर यसरी खोलौँ खाता 

‘प्रभु क्यापिटलसँग जोडौँ नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’: घरमै बसेर यसरी खोलौँ खाता 


बैकिङ्ग समाचार । 

प्रभु क्यापिटल लिमिटेडमा मेरो सेयर र डिम्याट खाता खोल्दा ३ वर्षसम्म निःशुल्क हुने भएको छ। 

प्रभु क्यापिटलले ‘प्रभु क्यापिटलसँग जोडौँ नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ योजनाअन्तर्गत यस्तो अफर सार्वजनिक गरेको हो। यो अफरमा सहभागी यो साउन महिनाभित्र प्रभु क्यापिटलबाट डिम्याट खाता खोल्दा ग्राहकले यस्तो सुविधा पाउनेछन्। 

यो सेवा प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालय वा नजिकैको प्रभु बैंकका देशभरका जुनसुकै शाखाहरुबाट लिन सकिनेछ। यस्तै ग्राहकलाई अनलाइनबाट समेत निःशुल्क डिम्याट खाता खोल्ने सुविधा दिइएको प्रभु क्यापिटलले जनाएको छ। 

यस्ता छन् प्रभु बैंक क्यापिटलका डिम्याट सम्बन्धी सेवा र सुविधाहरु 

सामान्यतः  डिम्याट खाता खोल्दा विभिन्न किसिमका झनझट हुने गर्दछन् । तर, प्रभु क्यापिटले भने डिम्याट खाता खोल्दा त्यस्ता किसिमका समस्या र झनझट नपर्ने गरी यो सेवालाई अगाडी बढाएको क्यापिटलमा कार्यरत कर्मचारी कृष्ण गिरिले जानकारी दिए । उनले भने, ‘हामीले हाम्रो क्यापिटलमा डिम्याट खाता खोल्नेहरुलाई छिटो छरितो र प्रभावकारी सेवा दिने व्यवस्था मिलाएका छौँ।’

डिम्याट खाता सम्बन्धी सेवाहरु जस्तै नविकरण गर्ने, पासर्वड रिसेट गर्ने, खाता अनबल्क गर्ने लगायतका तमाम विषयहरुमा प्रभावकारी सेवा प्रवाह नभइरहेको गुनासो आइरहँदा यी सबै गुनासोहरुलाई सहजीकरण गर्ने गरी यस्तो अफर सार्वजनिक गरेको उनले बताए ।  

यस्ता समस्याहरुको न्युनीकरण र सेवा प्रभावकारीताका लागि क्यापिटलले  भाइबर ग्रुप तथा फेसबुक पेजमार्फत तुरुन्त समस्या राख्न सकिने तथा समाधानको लागि आवश्यक व्यवस्था गरेको बताउँदै उनले भने, ‘डिम्याट खाता खोल्नकै लागि हामीले आम ग्राहकलाई सहज होस भनी अनलाईनमार्फत नै खाता खोल्न सकिने व्यवस्था गरेका छौँ ।यस्तै हामीले डिम्याट खाताको संख्या  बढाउने मात्र नभई डिम्याट खाताधारीहरुलाई छिटो र छरितो सेवा दिनका लागि आवश्यक व्यवस्था गरेका छौँ । यसलाई अझै प्रभावकारी बनाउनका लागि कल सेन्टर सुविधा पनि सञ्चालन गर्न लागिरहेका छौँ ।  यसमा लगानीकर्ताले आफ्नो खातासम्बन्धी कुनै पनि जानकारी हामीलाई प्रत्यक्ष फोन गरेर सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ । यसले गर्दा लगानीकर्तालाई सामान्य सेवाका लागि बैंकका शाखामा धाउनुपर्ने व्यवधान हटेको छ ।’

डिम्याट खाता खोल्दा आवश्क पर्ने विवरण 
१) फोटो 
२) हस्ताक्षर 
३) आफु बसेको स्थानसम्मको नक्सा 
४) दायाँ–बाँया ल्याप्चे 

यी माथिका सबैं विवरण एउटा सादा पानामा फोटो बनाई फारममा एट्याच गर्नुपर्ने हुन्छ ।  

फारम भरीसकेपछि आफुले प्राप्त गरेको रिफरेन्स कोडसहित आफ्नो सक्कली नागरिकताको प्रमाणपत्रसहित नजिकैको बैंक शाखामा गई बुझाउनुपर्नेछ । यती गरिसकेपछि दुई मिनेटमै डिम्याट खाता खोलिनेछ । 

अनलाईन खाता खोल्नका लागि यो लिंकमा जानुहोस् 
dematapply.prabhucapital.com