मर्जरमा जाने वाणिज्य बैंकका प्रमुख कार्यकारीको उमेर हद बढ्यो

मर्जरमा जाने वाणिज्य बैंकका प्रमुख कार्यकारीको उमेर हद बढ्यो


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको उमेर हद बढाएको छ ।

राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन जारी गर्दै २०७८ असार मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन सक्ने व्यवस्था गरेको छ ।

तर मर्जर प्रक्रियामा सामेल नभएका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुमा भने ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त/पुनः नियुक्त हुन योग्य नहुने राष्ट्र बैंकले जनाएको छ । साथै, ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन नसक्ने राष्ट्र बैंकको निर्देशन छ।

साथै राष्ट्र बैंकले एउटै व्यक्ति/समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरु र व्यवसायिक सम्बन्ध स्थापित भएका वाणिज्य बैंकहरुलाई एक आपसमा गाभ्न/गाभिन समेत निर्देशन दिएको छ ।