तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रगती:  नाफा १९ करोड ६८ लाख, चुक्ता पुँजी १ अर्ब ८१ करोड

तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रगती:  नाफा १९ करोड ६८ लाख, चुक्ता पुँजी १ अर्ब ८१ करोड


बैकिङ्ग समाचार । 
तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्म आउँदा नाफामा उल्लेख्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस अवधिमा बैंकले खुद नाफा ३८२.८९% ले बढाएर १९ करोड ६८ लाख ९ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ४ करोड ७ लाख ५६ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यस्तै बैंकले दुई महत्वपूर्ण सूचक खुद ब्याज आम्दानी र  सञ्चालन नाफा पनि बढाएको छ । खुद ब्याज आम्दानी १९९.६६% ले बढेको छ भने सञ्चालन नाफा १२४.७६% ले बढेको छ । अघिल्लो वर्ष तिनाउले १२ करोड ४५ लाख ७८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

असार मसान्तसम्ममा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६९ पैसाले बढेर १० रुपैयाँ ८५ पैसा पुगेको छ । जुन अघिल्लो वर्ष ७ रुपैयाँ १६ पैसा थियो । यस्तै बैंकले असार मसान्तसम्ममा १६ अर्ब ५ करोड ५७ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । १२ अर्ब ३३ करोड २३ लाख ८९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ४२ लाख १८ हजार रुपैयाँ छ । तिनाउ मिसनले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर गत मंसिर २२ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । एकीकृत कारोबारपछि वित्तीय सूचकहरुमा सुधार भएको देखिन्छ । प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८६ पैसा छ ।