महेन्द्रनगर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

महेन्द्रनगर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर


बैकिङ्ग समाचार । 
मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।

घरजग्गासम्बन्धी कारोबार तथा राजश्व संकलन कार्य व्यवस्थित होस् भन्ने उद्देश्यले मेगा बैंकले महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर विस्तार गरेको हो।

महेन्द्रनगर मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्धघाटन गरे।

मेगा बैंकले यसअघि महेन्द्रनगरस्थित यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको थियो।

बैंकको यो ३२औं एक्सटेन्सन काउन्टर हो। उक्त बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटीएम सञ्जाल छन्।