एनआइसी एशियाका शाखाबाट अनलाइन खाता खोल्न सकिने 

एनआइसी एशियाका शाखाबाट अनलाइन खाता खोल्न सकिने 


बैकिङ्ग समाचार । 
एनआइसी एशिया बैंकले आफ्ना शाखाबाट ग्राहक आफैंले बचत खाता खोल्न मिल्ने ‘डिजिटल एकाउन्ट ओपनिङ प्रणाली’को सुरुवात गरेको छ।

ग्राहकले उक्त प्रणालीमार्फत खाता खोल्नको लागि भौतिक फारमको सट्टा आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरेर बचत खाता खोल्न सक्ने व्यवस्था बैंकले गरेको हो।

यस प्रणालीमा ग्राहकले ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफूले चाहेको खाता छनौट गरेर डिजिटल रुपमा खोल्न सक्ने बैंकले बताएको छ।

कम्प्युटरमा दक्षता नपुगेकाको लागि बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने व्यवस्था गरिएको छ।

त्यसका लागि बैंकले आफ्ना सबै शाखा कार्यालयहरूमा छुट्टै 'डिजिटल लबी'को व्यवस्था गरेको छ।

यसरी खाता खोल्दा ग्राहकलाई फारम भर्न लामो समय पालो कुरेर बस्नुपर्ने झन्झट नहुने बैंकले विश्वास लिएको छ।

यस बैंकले ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा दिदैं आएको छ।