भन्सार विभागको तथ्याङ्क: व्यापार घाटा १६ प्रतिशतले घट्यो 

भन्सार विभागको तथ्याङ्क: व्यापार घाटा १६ प्रतिशतले घट्यो 


बैकिङ्ग समाचार । 
गत आर्थिक वर्ष २०७६/०७७ मा १६ प्रतिशतले व्यापार घाटामा कमी आएको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार सो आवमा ११ अर्ब ६४ कराेड रूपैयाँकाे व्यापार घाटा भएको छ। अघिल्लाे आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब रूपैयाँ बराबरको व्यापार घाटा भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

आयातमा १५ प्रतिशतले कमी आएपछि गत आर्थिक वर्षमा समग्र ब्यापार घाटामा कमी आएको हो। आव २०७५/०७६ मा १४ खर्ब १८ अर्ब रूपैयाँको वस्तु आयात भएकोमा गत आर्थिक वर्षमा ११ खर्ब ९६ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ।

गत आर्थिक वर्ष निर्यातमा पनि ०.९८ प्रतिशतले कमी आएको छ। कुल वैदेशिक व्यापार १४.६९ प्रतिशतले घटेको विभागको तथ्याङ्कले देखाएको छ।

चैत ११ गतेदेखि झण्डै ४ महिना भएको लकडाउनका कारण बस्तु आयातमा कमी आएको हो।

पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात सबैभन्दा उच्च रहँदै आएको छ। तर लकडाउनको अवधिमा ती बस्तुको आयात ठप्प प्राय हुँदा समग्र आयात प्रभावित भएको हो। आयातमा आएको कमीका कारण समग्र ब्यापार घाटामा कमी आएको हो।