सनराइज बैंकले ल्यायो घर कर्जा र शेयर धितो कर्जा योजना

सनराइज बैंकले ल्यायो घर कर्जा र शेयर धितो कर्जा योजना


बैकिङ्ग समाचार । 
सनराइज बैंकले घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितो कर्जा दिने योजना ल्याएको छ।

‘सनराइज घर कर्जा’ अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत व्याजदरमा घर जग्गा कर्जा लिन पाउने भएका हुन्।

यसैगरी बैंकले शेयर धितो कर्जामा ९.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने बताएको छ। कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो।

देशका १३४ स्थानमा फैलिएको सनराइज बैंकका शाखाहरुबाट यो सुविधा दिइने बैंकको भनाइ छ।

सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सबै पक्षहरुबाट बैंकले अपेक्षा राखेको छ।