चेक बाउन्सको मुद्दामा फरार राजेन्द्र महर्जन पक्राउ, खातामा पैसा नभई चेक काट्दा प्रहरी फन्दामा 

चेक बाउन्सको मुद्दामा फरार राजेन्द्र महर्जन पक्राउ, खातामा पैसा नभई चेक काट्दा प्रहरी फन्दामा 


बैकिङ्ग समाचार । 
बैंकमा अफ्नो खातामा रकम छैन भन्दा थहा हुँदा हुँदै पनि चेक काट्ने ललितपुरका एक जनालाई १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ । 
ललितपुरका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खातामा रकम छैन भन्ने थाहा हुँदाहुँदै पनि चेक काटेपछि उनलाई उच्च अदालत पाटनले  बैकिङ्ग कसुर अन्तर्गत सजाय दिएको हो ।

उनलाई अदालतले गत वर्ष माघ २० गते १० दिन कैद र पन्ध्र लाख ७५ हजार रुपैंया जरिवाना हुने ठहर गरेको थियो । तर उनी हालसम्म फरार थिए । महर्जन आज केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौंको कलंकीबाट पक्राउ गरी आजै ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।