सनराईज बैंकका सिईओ जनक शर्मा पौड्यालले दिए राजिनामा 

सनराईज बैंकका सिईओ जनक शर्मा पौड्यालले दिए राजिनामा 


बैकिङ्ग समाचार । 
सनराईज बैंकका सिईओ जनक शर्मा पौड्यालले पदबाट राजिनामा दिएका छन् ।

गत वर्षको असारमा सीइओमा नियुक्त भएका पौडेलले एक वर्षमै बैंकबाट राजिनामा दिएका हुन् । संचालक समितिका एक सदस्यले उनको राजीनामाको पुष्टी गरेका छन् । सनराईजमा सिइओ नियुक्त भएदेखिनै सञ्चालकसँग टसल पर्दै आएका उनले सञ्चालकको दबाबकै कारण राजिनामा दिएको स्रोत बताउँछ । 

कार्यशैली सुधार्न सञ्चालकहरुले पटक पटक मौखिक सचेत गराउँदा पनि उनी एक्कासी राजिनामाको संघारमा पुग्नुलाई आपत्तिको रुपमा लिइएको छ । उक्त संचालकका अनुसार राजिनामा बुझाएका सिइओ पौड्यालले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।  यद्यपी आफु  निकटका बैंकरसँग उनले सनराइजमा काम गर्ने वातावारण नभएको भन्दै गुनासो पोख्दै आएका थिए ।