सनराइज बैंक संचालक समितिमा विवाद, सिइओको जागिर धरापमा

सनराइज बैंक संचालक समितिमा विवाद, सिइओको जागिर धरापमा


बैकिङ्ग समाचार । 
सनराइज बैंकको संचालक समितिमा विवाद सिर्जना हुँदा प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनकशर्मा पौडेलको जागिर धरापमा परेको छ । संचालक समितिको बहुमत सदस्यको टोलीले आइतबारसम्ममा सीइओको राजीनामा नआएमा अध्यक्ष र सीइओ दुवै हटाउने चेतावनी दिएका छन् ।

सो विवादपछि सनराइज बैंकबाट सीइओ पौडेल बाहिरिने मतस्थितीमा पुगेको र राजीनामा बुझाउँदा अध्यक्षद्धयले स्वीकृत नगरेको स्रोत बताउँछ । 
पौडेल एक वर्ष अगाडी सनराइज बैंकको सीइओमा नियुक्त भएका हुन् । त्यसवखत उनी ग्लोबल आइएमई बैंकमा सीइओ थिए । पौडेलले ग्लोबल आइएमई बैंकमा समेत कार्यकाल पुरा गर्न सकेका थिएनन् ।

सनराइजमा भने उनको नियुक्ति विवादकाबीच नै भएको थियो । संचालक समितिले निरज श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेपनि पछि उनको नियुक्ति विवाद भयो । त्यसपछि पौडेल सीइओ नियुक्त भएका थिए ।

पछिल्लो समय सनराइजको संचालक समिति र सीइओबीच विवाद रहेको थियो । सनराइज बैंक सम्बन्ध स्रोतका अनुसार अहिलेका अध्यक्ष मोतिलाल दुगडले समेत अध्यक्ष पद छाड्न सक्ने सम्भावना रहेको छ ।

पौडेलले शुक्रबार राजीनामा बाहिरिने तयारीमा रहेको स्रोतले जानकारी दियो ।

सनराइज बैंकको संचालक समितिका अध्यक्ष मोतिलाल दुगड र संचालक समितिबीच निकै नै ठूलो विवाद थियो । संचालक समितिले आइतबारसम्ममा सीइओको राजीनामा नआएमा अध्यक्ष र सीइओ दुवै हटाउने चेतावनी बहुमत संचालक समितिले दिएका थिए ।

संचालक समितिमा सीइओको पक्षमा अध्यक्ष मोतिलाल दुगड मात्र थिए । संचालकबीच विवाद भएपछि सीइओ पौडेल सनराइजबाट बाहिरिने निर्णय गरेका हुन् ।