काठमाडौं – प्रहरीको नाममा शरीर बन्धक बनाई लुटपाट गरेको आरोपमा थप एक जना व्यक्तिलाई मोरङ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा–११ बस्ने २५ वर्षीय कुशल पाण्डे रहेका छन् । उनी मोरङबाट नै पक्राउ परेका हुन्।
उनी गत ११ गते मान्छे बन्धक बनाएर लुटपाट गर्ने समूहको प्रमुख व्यक्ति समेत रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी नायब उपरीक्षक हस्तबहादुर सुनारले बैंकिङ्ग समाचारसँग बताए । यो अवैध कार्यमा संलग्न रहेका विराटनगर–८ का २४ को समिर हुसेन र विराटनगर–६ का २७ वर्षीय आशिफ अन्सारीलाई जिल्ला प्रहरी कार्यालयले पहिला नै पक्राउ गरिसकेको थियो ।
विराटनगर महानगरपालिका–१५ का २० वर्षीय विक्रम कुमार साह तेलीले बैंकमा बचत गर्न लैजाँदै गरेको ३ लाख ६४ हजार रुपैयाँ उनीहरू तीन जना मिलेर लुटपाट गरेका थिए । पाण्डेविरुद्ध यस अघि नै तिन वटा कसुर प्रहरीमा परिसकेको सुनारले बताए । यसअघि उनीविरुद्धमा दुई वटा ज्यान मार्ने र एउटा भद्र व्यवहार मुद्दामा समेत रहेको छ । इलाका प्रहरी कार्यालय रानी मोरङमा मन्जु तामाङको ज्यान मार्ने उद्योग मुद्दामा मुद्दा दर्ता रहेको, तथा अभद्र व्यवहार मुद्दामा समेत संलग्न रहेको खुल्न आएको छ ।
११ गते लुटिएको ३ लाख ६४ हजार रुपैयाँमा उनीसँगबाट नै १ लाख ५० हजार रुपैयाँ समेत बरामद गरिएको प्रमुखले बताए । उनीहरूले एक जना व्यक्तिलाई बाटोमा नै बन्धक बनाएर अर्को स्थानमा पुर्याएका थिए । उनीहरूले आफू प्रहरी भएकाले खानतलासी गर्न लागिएको पीडितलाई बताएका थिए । विराटनगर–१३ रानीस्थित राईस मिल छेउबाट स्कुटर चढेर आएका तीन जनामध्ये दुई जनाले तेलीलाई विराटनगर–१४ जतुवामा पुर्याएर रकम लुटेको थिए । प्रहरीले लुटपाटमा प्रयोग गरिएको १४ प ३३३० नम्बरको स्कुटर समेत बरामद गरेको छ।



About Us
प्रतिक्रिया