कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर


बैकिङ्ग समाचार । 
 कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति तर्फ व्यक्तिगतमा ७.२५ र संस्थागत रुपमा ६.५० प्रतिशत रहेको छ ।

बैंकको बचत खातामा १.७५ देखि ५ प्रतिशतसम्म ब्याज पाउने छ ।

बैंकले कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । असार मसान्तको बैंकको आधारदर १०.८ प्रतिशत रहेको छ । बैंकबाट कर्जालिँदा १५.८ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ ।

बैंकबाट ओभरड्राफ्ट, होम, अटो, टर्म, शैक्षिक धितोकर्जा, सेयर धितो लगायतका अन्य कर्जा लिँदा १५.८ प्रतिशत ब्याज लाग्नेछ ।