काठमाडौं – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको हकप्रद शेयरमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले असार १ गतेबाट निष्कासन गरेको हकप्रदमा असार २२ गतेसम्म आवेदन खुला गरेको हो ।
यस कम्पनीले हाल कायम चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १:१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर जारी गरेको छ । जसमा कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर जारी गरेको हो।
उक्त शेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै, सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।






About Us
प्रतिक्रिया