श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक शेयरधनीका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ ।

कम्पनीले मेगा अटो इन्टरनेशनल प्राइभेट लिमिटेड बुटवल रुपन्देहीको १५ हजार १ सय ३१ कित्ता र दिपेन्द्र टण्डनको ७ हजार ५ सय ६५ कित्ता शेयर गरी जम्मा २२ हजार ६ सय ९६ कित्ता शेयर बिक्री बिक्री गर्न लागेको हो । 

उक्त, शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। आवेदनका लागि कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा आइपुग्नेगरी आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् । 

साथै, कम्पनीले तोकेको म्यादभित्रमा विद्यमान संस्थापक शेयरधनीबाट निवेदन नआएमा उक्त शेयर संस्थापक बाहेक अन्य व्यक्ति संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।