खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार


काठमाडौं – प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्विकार गरेको छ ।

बैठकमा सांसदहरू डा. अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्यामु लामा (तामाङ) गङ्गा कार्की र लेखनाथ दाहालले राखेकाे खर्च कटौतीका प्रस्तावलाई बैठकको बहुमतले अस्विकार गरेको हो ।