काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै सैँतिस लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको वारपाक सुलिकोटका २९ वर्षीय राजेश बराम रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको सोह्र खुट्टेबाट पक्राउ गरेको हो। बरामले चार जनालाई ग्रिस पठाइदिन्छु भन्दै झुक्याई विदेश नपठाई सम्पर्क विहीन भएका थिए ।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया