वलेफी हाइड्रोपावरको सञ्चालकले दिए राजीनामा 


काठमाडौं – वलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक राजेन्द्र तिमल्सेनाले राजीनामा दिएका छन् । उनले आफ्नो कार्यव्यस्तता देखाई सो पदबाट राजीनामा दिएका हुन् । कम्पनीको असार ६ गते बसेको स्रञ्चालक समितिको निर्णयले उनले दिएको राजीनामा स्वीकृत गरेको छ ।

साथै, उक्त रिक्त रहेको पदमा बाँकीको कार्यकालको लागि प्रविन राईलाई नियुक्त गरेको छ । त्यसैगरी, यसै कम्पनीको सञ्चालक समितिबाट संजय कुमार साहले दिएको राजीनामा स्वीकृत गरेसँगै उक्त पदमा बाँकी अवधिका लागि ज्योती गैह्रेलाई सञ्चालक समितिको सदस्यमा आजको मितिदेखि लागूहुने गरी नियुक्त गरेको हो ।