काठमाडौं — गायक जनार्दन ढकालको स्वरमा रहेको गीत ‘तिमी आउन’ सार्वजनिक भएको छ । गायन, रचना तथा शब्द सबैमा ढकालको आत्मीय स्पर्श रहेको यस गीतले विरह, आशा र समर्पणको कथा बोल्छ।
यस गीतलाई विश्व अधिकारीले सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने भिडियोलाई च्याम खुसेले निर्देशन गरेका छन् । ओपल म्युजिक स्टुडियोमा भुपेन राजवंशीले रेकर्ड गरेका यस गीतमा विश्व अधिकारीकै गिटारको मधुर धुन सुन्न सकिन्छ।
भिडियोमा जनार्दन ढकाल र मालिका राईको अभिनय रहेको छ। छायाङ्कन, सम्पादन र सम्पूर्ण दृश्यकलामा भूपेन राजवंशीको भूमिका रहन गएको छ। मेकअप आर्टिस्टका रूपमा चाम खुसे र प्रोडक्सन सहायकमा शंकर लिम्बू फोम्बो तथा सुजन भण्डारीले साथ दिएका छन्।
भिडियाे:






About Us
प्रतिक्रिया