एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, चाँदी प्रतितोला ११ सय नाघ्यो

एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, चाँदी प्रतितोला ११ सय नाघ्यो


बैकिङ्ग समाचार ।
बुधबार सुनको मूल्य एकदैन १३ सयले बढेर प्रतितोला ९४ हजार पुगेको छ।

मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढरे ११ सय ३५ रुपैयाँमा पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर त्यसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।