गार्डियन माइक्रो लाइफको शेयर रजिस्ट्रारमा हिमालयन इन्भेस्टमेन्ट बैंकर नियुक्त


काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरन्स लिमिटेडको शेयर रजिस्ट्रारमा हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ । कम्पनीले असार ४ गते बसेको सञ्चालक समितिको निर्णयले शेयर रजिस्ट्रार परिवर्तन गरेको हो । यसअघि कम्पनीले शेयर रजिस्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेकाे थियाे ।

अब कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेड, नयाँ वानेश्वर,काठमाडौंबाट हुने कम्पनीले सूचनाबाट जानकारी दिएको छ ।