हिमालयन बैंक र कर्मचारी संचयकोष बीच सम्झौता

हिमालयन बैंक र कर्मचारी संचयकोष बीच सम्झौता


बैकिङ्ग समाचार । 
हिमालयन बैंक लिमिटेड र कर्मचारी संचयकोष बीच सम्झौता भएको छ।

सम्झौतापछि कर्मचारी संचय कोषमा रकम संचय गर्दैं आएका संचयकर्ताहरुले कोषबाट लिएको ऋणको साँवा र व्याज भुक्तानी कनेक्ट आइपीएस् इपेमेन्टद्वारा गर्नसक्ने भएका छन्।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन्।

बैंकले कोषसंगको उक्त सम्झौतापछि कोषका संचयकर्तालाई लाभ पुग्ने विश्वास लिएको छ।