मोदी इनर्जीले बोलायो विशेष साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – मोदी इनर्जी लिमिटेडले विशेष साधारण सभामा बोलाएको छ । कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको ६३ औं बैठकले सो सभा असार १९ गते रानी महल ब्याङ्न्क्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।  कम्पनीले सभामा चुक्ता पुँजीको १ः१ को अनुपातमा  हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, उक्त सभाबाट एक जना सञ्चालकको नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।

उक्त सभा प्रयोजनका लागि कम्पनीले असार १२ गते शेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने भएको छ । जसकारण असार ११  नेपाल स्टक एक्सचेन्जमा कायम शेयरधनीले मात्र सहभागी हुन पाउनेछन् । कम्पनीको शेयर रजिस्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ।