काठमाडौं – छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गरेको छ।
उक्त शेयरमा खरिद गर्न इच्छुक लगानीकर्ताहरूले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंककले तोकेको शाखा कार्यालयबाट सो शेयरमा आवेदन दिन सकिनेछ।
यसका साथै, शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया