ट्रेड टावरको शेयर रजिस्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त 


काठमाडौं – ट्रेड टावर कम्पनी लिमिटेडले शेयर रजिस्ट्रारमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले जेठ २० गतेदेखि लक्ष्मी सनराइज क्यापिटललाई शेयर रजिस्ट्रार मा नियुक्त गरेको हो ।  

कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज नामसारी लगायत लागत अद्यावधिक गरी राख्ने तथा अन्य शेयर रजिस्ट्रार सम्बन्धी कार्य गर्नका लागि लक्ष्मी सनराइज क्यापिटललाईलाई नियुक्त गरेकाे जानकारी दिएकाे छ ।