काठमाडौं – अख्तियार अनुसन्धान आयोगले बाँकेको मालपोत कार्यालय कोहलपुर खरिदार हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सीसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिन सेवाग्राहीसँग बिचौलिया मार्फत घुस माग गरेको आयोगले जनाएको छ ।
खरिदार पाण्डेले तिवारी रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा २० हजारसहित खरिदार पाण्डे, लेखापढी व्यवसायी गर्ने शान्ति पुन र घनश्याम तिवारीलाई नियन्त्रणमा लिइएको आयोगले बताएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो २० हजार जरिवाना सजाय हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।






About Us
प्रतिक्रिया