काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भारी संख्यामा कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ट सहायक पदमा ४० जना कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिन इच्छुक व्यक्तिले कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
प्लस टु गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। यसका लागि लघुवित्त संस्थामा कम्तीमा ६ महिनादेखि काम गरिरहेको हुनुपर्नेछ भने कम्प्युटर सम्बन्धी ज्ञान भएको र मोटरसाइकलको लाइसेन्स भएकाले प्राथमिकता पाउनेछन्।
उमेरको हदमा १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनुपर्नेछ । परीक्षा लिखित र अन्तर्वार्ता गरी दुई चरणको हुने कम्पनीले जनाएको छ। योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित असार १६ गतेभित्र आवेदन दिइसक्नु पर्ने सूचना मार्फत संस्थाले जानकारी दिएको छ ।






About Us
प्रतिक्रिया