काठमाडौं – बाँकेको नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसहित १७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मिलेमतो गरी नियम विपरीत भत्ता वितरण गरेको खुलेको छ।
उनीहरूले आर्थिक वर्ष २०५७/०५८ देखि २०७२/०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिहरूलाई नागरिकतामा उल्लेखित जन्म मिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रूपमा भत्ता दिएका थिए ।
नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रूपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रूपमा उनीहरूले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरेको आयोगले जनाएको छ । उक्त सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ६ लाख ५६ हजार हिनामिना गरेको पुष्टि भएको आयोगले बताएको छ ।
साथै, पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कूर्मीको मृत्यु भइसकेको विवरण प्राप्त भएकोले बिगोको हकमा प्रतिवादी तत्कालीन गा.वि.स. सचिव साबित राम कुर्मीबाट असुल उपर हुन माग दाबीसमेत लिइएको आयोगले जनाएको छ ।
आयोगले उनीहरूले विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।






About Us
प्रतिक्रिया