प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा  दिनेश थकाली नियुक्त

प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा  दिनेश थकाली नियुक्त


बैकिङ्ग समाचार ।
प्रभु बैंकबाट दिनेश थकाली ठूलो जिम्मेवारी बोकेर प्रभु क्यापिटल पुगेका छन्। ८१ करोड रुपैयाँ चुक्ता पुँजी भएको क्यापिटलको उनी प्रबन्ध निर्देशकमा नियुक्त गरिएको छ।

 उनलाई सञ्चालक समितिको सदस्य र क्यापिटलको प्रमुख कार्यकारी दुबैको जिम्मेवारी दिइएको छ।

थकाली चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी प्रभु बैंक आउनअघि साङ्ग्रिला विकास बैंकमा थिए। त्यहाँ उनी कामु प्रमुख कार्यकारी अधिकृतसम्म भएका थिए।