महालक्ष्मी विकास बैंकको कामु सीईओमा शर्मा

महालक्ष्मी विकास बैंकको कामु सीईओमा शर्मा


बैकिङ्ग समाचार ।  
महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृतको रुपमा सागर शर्मा नियुक्त भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद लामिछानेको राजीनामा स्वीकृत भए पनि शर्मालाई कामु जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

बैंक सञ्चालक समितिको बैठकले साउन २ गतेदेखि लागू हुने गरी कम्पनीको वरिष्ठ उपप्रमुख शर्मालाई कामु सीईओ पदमा नियुक्त गरेको हो ।