प्रभु बैंकको डेपुटी सीईओमा मणिराम पोखरेल

प्रभु बैंकको डेपुटी सीईओमा मणिराम पोखरेल


बैकिङ्ग समाचार ।  
प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा मणिराम पोखरेल नियुक्त भएका छन् ।

बैंकिङ्ग क्षेत्रमा तीन दशक कार्यानुभव संगालेका पोखरेललाई बैंक सञ्चालक समितिले  साउन १ गतेदेखी लागू हुनेगरी डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएपछि पोखरेलले प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए ।

सन् १९९० मा सहायक स्तरबाट नबिल बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका पोखरेलसँग नेपाल एसविआई बैंक, एनसीसी बैंक, हिमचुली विकास बैंकमा समेत काम गरेका अनुभव छ।

पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ्गमा स्नाकोत्तर उपाधि हासिल गरेका छन् भने भौतिक विज्ञानमा स्नातक गरेका छन्।