बैंकर रविना देशराज श्रेष्ठः नविनतम सुरुवातको एक जीवन्त उदाहरण 

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भावना अवस्थी, काठमाडौं । 
पुरुष र महिला समान हुन, भन्ने धेरै सुन्दै आएको कुरा हो । अहिले आएर बल्ल महिला पनि पुरुषको दाजोमा कम नभइकिन सँगसँगै हिडेको हो कि जस्तो लाग्न थालेको छ । यो समाजमा अझै बिभिन्न ठाउँमा महिलाहरु पछाडि नै छन् । यो हाम्रो विडम्वना हो । 
नेपालमा महिला दोस्रो दर्जाको नागरिकसरह बाँच्न बाध्य छन् भन्दा फरक नर्पला । पुरुष प्रधान समाजमा महिलालाई वस्तु सरह मानिन्छ । दिनहुँजसो महिला हिंसाका घटना घट्नु पनि सामान्य जस्तै भएको छ ।  महिला हिंसाको स्वरूप पनि समयसँगै परिवर्तन हुँदै गएको पाइन्छ । महिलामाथि भइरहेको उत्पीडनमा कमी भन्दा पनि यसको स्वरूप फेरिएको छ । 

यस्ता तमाम समस्याहरुबीच एक उत्कृष्ट बैंकरको परिचय रविना देशराज श्रेष्ठ भने पछिल्लो समय चर्चामा छिन् । टाइमलाइनमा उनका तस्विर चर्चाको केन्द्रमा छन् । उनले ढल्किदो उमेरमा पनि आफ्ना विदेशि प्रेमिसँग एङगेजमेन्ट गरेका कारण चर्चामा आएकी हुन् । उनीप्रति समर्थन जनाउने र विरोध जनाउनेहरु सामाजिक सञ्जालमा सक्रिय भएका छन् ।

कतिपयले उनको यो कदम समाज रुपान्तरणको निविनतम सु्रुवात पनि भनेका छन । आफ्नो जीवन आफ्नो तरीकाले जीउन पाउनु उनको निजी अधिकार र स्वतन्त्रता भएको पनि कतिपयको प्रतिक्रिया छ । अझ कतिपयले त उनलाई उत्ताउली र समाज विपरित कार्य गरेको भएको भन्दै आलोचना गरिरहेका छन् ।
\"\"
यसबारे सामाजिक सञ्जालमा नकारात्मक र सकारात्मक प्रतिक्रिया दुवै आइरहेका छन । यस्ता प्रतिक्रियाहरु महिलाप्रतिको हेय दृष्टिकोण हो भन्न सकिन्छ । देशमा धेरै परिवर्तन भए । अझ पनि महिलाप्रतिको सोच भने पुरानै छ । मुठीभर व्यक्तिका सोचमा अवश्य परिवर्तन भने आएको छ । यो राम्रो पक्ष हो । तर अधिकांश मानिसको सोचाईमा खासै परिवर्तन आएको पाइन्न । मानवीय सोच र समाजमा परिवर्तन आउन सके केही हदसम्म महिलाप्रतिको हेय दृष्टिकोण फेरिने आशा गर्न सकिन्छ ।

एक उत्कृष्ट महिला बैंकरको भुमिका

कायममुकायम सिइओको जिम्मेवारी समेत पाइसकेकी कामु सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत थिइन । ३१ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन्। भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरू गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छन्।

अवसर पाए महिलाले जे जस्तो ठाउँमा पनि पुरुष सो सरह काम गर्न सक्छन् भन्ने पुष्टि उनीबाटै हुन्छ । केही समय अघि उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रबल जनसेवाश्री (चुतर्थ) बाट विभुषित पनि भएकी थिइन । उनले  एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकि र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन्।
\"\"
नारी शिक्षाको अवस्था 

पुरुष प्रधान समाजका कारण नेपालमा पनि प्राचीनकालदेखि महिलाहरूको शिक्षा र रोजगारीमा समान अवसरको समस्या रहँदै आएको छ ।  समाज जागृत हुन थाले पछि महिला शिक्षालाई अगाडि बढाउन सरकारले कानूनको पनि निर्माण ग¥यो । नेपालमा महिला–शिक्षाको स्थितिलाई झल्काउने केही सूचकहरुलाई ध्यानमा राखेर विश्लेषण गर्ने हो भने सकारात्मक र नकारात्मक दुवै खाले सन्देश भेटिन्छ ।  

सामाजिक रूपान्तरणबिना आर्थिक सशक्तीकरणले मात्र महिलाको सामाजिक आर्थिक अधिकार सुनिश्चित हुन सक्दैन । विश्वमा धेरै परिवर्तन भए । समाजका प्रत्येक क्रियाकलापमा महिला अग्रसर छन् र सफलता पनि हासिल गरेका छन् तर पनि लैंगिक भेदभाव भने अझ पनि जिवितै छ । 
देशकै वर्तमान अवस्थासम्म आइपुग्दा महिला अधिकारका कुराले धेरै उतारचढाव पार गरिसकेको छ । यसो गर्न महिलाले आफ्नो सक्रियतालाई अगाडि बढाएको इतिहासले पुष्टि गरेको छ । 

\"\"