शुभम् पावरले बोलायो नवौँ र दसौँ वार्षिक साधारण सभा


काठमाडौं – शुभम् पावर कम्पनी लिमिटेडले लगानीकर्तालाई नवौँ र दसौँ वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको जेठ २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त सभा असार २०  गते लर्ड पार्टी भेन्यू  धुम्बराई काठमाडौंमा बिहान १० बजे हुने सम्पन्न हुने भएको हो । 

उक्त सभा प्रयोजनका लागि कम्पनीले असार ६ गते शेयर धनी दर्ता किताब (बुक क्लोज) को मिति तय गरेको छ ।  साथै, बुक क्लोज मिति भन्दा अघिल्लो दिन (असार ५) सम्म नेप्सेमा भएको कारोबारबाट कायम भएका शेयरधनीहरूले मात्र उक्त सभामा भाग लिन सक्नेछन् ।