नेपाल उद्योग परिसंघ भन्योः संकटमा आएको मौद्रिक नीति स्वागतयोग्य

नेपाल उद्योग परिसंघ भन्योः संकटमा आएको मौद्रिक नीति स्वागतयोग्य


बैकिङ्ग समाचार ।  

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति स्वागत योग्य भएको प्रतिक्रिया दिएको छ।

परिसंघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नमा सहयोगी हुने मौद्रिक नीति आएको बताएको छ।

अर्थतन्त्रको पुनरुत्थान,आर्थिक गतिविधलाई चलायामान बनाइराख्नका लागि यसअघि दिएका सुझाव समेटिएर आएकाले मौद्रिक नीति स्वागतयोग्य रहेको परिसंघले जानकारी दिएको छ।

'कोभिड–१९ को महामारी तथा बन्दाबन्दिको सुरुवातसंगै परिसंघले देशको अर्थतन्त्र तथा उद्योग व्यवसायलाई जोगाउन नेपाल सरकार तथा सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदै वित्तिय नीतिको साथै मौद्रिक नीतिले केहि विषयहरु सम्बोधन गर्नु पर्ने राय राख्दै आएको थियो । सोहि अनुरुप प्रस्तुत मौद्रिक नीतिले विविध विषयहरुलाई सम्बोधन गरेको परिसंघको बुझाई रहेको छ' परिसंघको विज्ञप्तिमा उल्लेख गरिएको छ।

मौद्रिक नीतिले तरलता बढाउने तथा ब्यजदर घटाउनका लागि मौद्रिक नीतिबाटै मौद्रिक टुल्स प्रयोग गरेको, कृषिमा अनिवार्य लगानीको सीमा बढाएको, उर्जामा विषेश व्यवस्था गरेको, साना तथा मझौला उद्योगका लागि सहुलियत ऋणको व्यवस्था गरेकाले यसले राहतको महशुस भएको परिसंघको धारणा छ।