शून्य प्रतिशत व्याजदरमा सुजुकीका बाइक र स्कुटर !

शून्य प्रतिशत व्याजदरमा सुजुकीका बाइक र स्कुटर !


बैकिङ्ग समाचार । 
शून्य प्रतिशत व्याजदरमै सुजुकीका मोटरसाइक तथा स्कुटर खरिद गर्न पाइने भएको छ।

सुजुकीको मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक भिजी अटोमोवाइल्सले ३ महिनादेखिको लकडाउनले ग्राहकलाई पारेको आर्थिक असरलाई मध्यनजर गर्दै कोरोना विशेष स्किम ल्याएको हो।

यो स्किम अन्तर्गत नगदमा मोटरसाइकल तथा स्कुटर खरिद गर्नेलाई तत्काल १५ हजार छुट र १ वर्षको किस्तामा खरिद गर्नेले शून्य प्रतिशत व्याजदरको सुविधा पाउन सकिन्छ । 

यो स्किम नेपालका सम्पूर्ण सुजुकी शो रुममा साउन ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।