काठमाडौं – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै २०८२ जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
बैठकमा २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) काे ल्हासामा आयाेजना हुने नेपाल-चीनबिचकाे सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिकाे १३औं बैठककाे छलफलकाे एजेण्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयाेजक्तवमा वार्ता टाेली गठन गर्ने निर्णय गरेकाे छ।
त्यस्तै, स्वास्थ्य सेवाका दुई जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सहसचिव डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय




About Us
प्रतिक्रिया