काठमाडौं – बैंकर डा. बुद्धि मल्लको दोस्रो पुस्तक सपना सकार हुन्छन् (सङ्घर्ष र सफलताको कथा) चाँडै बजारमा आउने भएको छ । लेखकले पहिलो पुस्तक सफलता सम्भव छ पछि दोस्रो पुस्तक ल्याउने तयारी गरेका हुन् ।
लेखकले यस पुस्तकमा नेतृत्वका विभिन्न विषयहरूमा लेखिएका लेखहरू समावेश गरी पाठकहरूले उत्प्रेरणा जगाउने प्रयास गरेका छन् । शिखा बुक्स प्रा. लि.को प्रकाशनमा आउन लागेको पुस्तक सपना सकार हुन्छन् (सङ्घर्ष र सफलताको कथा) मा विभिन्न विधाका ४८ वटा लेखहरू समावेश गरिएका छन्।
पुस्तकमा पाठकहरूले आफूलाई समय अनुकूलतामा कुनै एउटा वा दुई वटा लेखहरू पढ्दै पुस्तक पढेर सक्न सकिनेछ । यी लेखहरूको सान्दर्भिकता जहिल्यै पनि रहने र उत्प्रेरणाको खाँचो जुनसुकै उमेरको व्यक्तिहरूलाई रहने भएकोले सबै उमेर समूहको लागि उत्प्रेरणाको श्रोत बन्ने लेखक डा. मल्लको विश्वास रहेको छ ।






About Us
प्रतिक्रिया