काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका लक्ष्मण चापागाई, सप्तरीका अशोक मण्डल, सिन्धुपाल्चोकको बाल सुन्दर भारती र चण्डिका उप्रेती रहेका छन् ।
उनीहरुले वैदेशिक रोजगारीको लागि युके, मलेसिया, पोर्चुगल र न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १४ लाख ६४ हजार ठगी गरेका थिए । पक्राउ पर्ने चापागाईले १ जनालाई युके पठाइदिन्छु भन्दै पाँच लाख चौध हजार ठगी गरेका थिए । मण्डलले वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भन्दै ६ जनासँग छ लाख ठगी गरेका थिए ।
भारतीले पोर्चुगल पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गरेका थिए, भने उप्रेतीले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै पचास हजार ठगी गरेकी थिइन् । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया