काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीविरुद्ध तीन वटा घुस मुद्दामा दायर गरेको छ । उनीविरुद्ध रेडिसन परियाेजना , हिमाल तराई कन्सट्रक्सन प्रालि र अलका देबी ट्रेडस नामक कम्पनीका लागि ऋण प्रवाह गराउँदा घुस लिएको अख्तियारको आरोप छ ।
आयोगले रेडिसन परियाेजनामा उनीसहित ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । उनले नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भन्दै १९ लाख रुपैयाँ घुस लिएको विषयमा अनुसन्धान गर्दा रुपन्देहीको सिद्धार्थनगर–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्त्रगतको रेडिसन परियाेजनामा १ अर्ब ७७ करोड २९ लाख लिनका लागि बैंकको प्रधान कार्यालयमा कागजात प्रेस गरी ऋण प्रक्रिया अगाडि बढाएको देखिएको आयोगले जनाएको छ ।
उक्त ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र उनका छोरा अकिंत भुसाल नेपाल बैंकका सञ्चालक अध्यक्ष अधिकारीसँग पटक पटक ह्वाट्सएपमार्फत र भेटेर नै सेटिङ गरेको खुलेको छ । ऋण मिलाउने प्रक्रियामा लक्की भन्ने भारतीय नागरिक खुस नसिब अन्सारीको पनि मिलेमतो रहेको खुल्न आएको छ ।
उनको मिलेमतोमा २०८१ भदौँ ३० गते अकिंत भुसालसँग रकम माग गरी बालकृष्ण भुसालको प्राइम बैंकको चेक प्राप्त गराई अन्सरीको काम गर्ने राकेश थापालाई चेक साट्न सात लाख रुपैया दिएको आयोगले जनाएको छ । आयोगका अनुसार शारदा गुप्ताको नाममा रहेको अनन्या इन्टरप्राइजेज सिटिजन बैंकको खातामा अंकित भुसालको एभेष्ट बैंक मार्फत १२ लाख ट्रान्सफर गराउन लगाइएको खुल्न आएको हो ।
ऋण प्रक्रिया सहजीकरणका लागि अधिकारीले लिएको १९ लाख रुपैयाँ भारतीय नागरिक अन्सारीको माध्यमबाट अधिकारीले लिएका थिए । यस्तै, भुसाल हस्पिटालिटीलाई बैंकबाट ऋण लिन सहजीकरण गराउन घुस लिएको रकम प्रति मन्जुर समेत भएको आयोगले बताएको छ । घुसमार्फत साटिएको चेकको विवरण र ट्रान्सफर गराएको रकमको विवरण गत मागमा उनको घरबाट बरामद गरिएको थियो ।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको अधिकारीलाई हुँदा बिगो १९ लाख रुपैयाँ बराबरको जरिवाना र चार वर्ष कैद सक्छ । उनीसँगै खुस नसिब अन्सरी, अमृत भुसाल अकिंत भुसाल र बालकृष्ण भुसाललाई समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा बिगो १९ लाख रुपैयाँ बराबरको जरिवाना हुने आयोगले जनाएको छ ।
उनले काठमाडौं महानगरपालिका–३२ मा रहेको हिमाल तराई कन्सट्रक्सन प्रालिको लागि नेपाल बैंकबाट हुने ऋण प्रक्रियालाई सहजीकरण गरिदिन्छु भन्दै ५ लाख रुपैयाँको चेक लिएका थिए । काभ्रेको बनेपा घर भई काठमाडौंको कागेस्वरी मनोहरा –९ बस्ने राजमान तामाङको हिमाल तराई कन्सट्रक्सन प्रालिको नाममा ६ करोड ऋण लिनका लागि बैंकको कागजात गराई ऋण प्रक्रिया अगाडि बढाएका थिए ।
उक्त ऋण प्रक्रियामा रमेश आर्चायले राजमान तामाङलाई अधिकारीसँग चिनजान गराइदिएका थिए । त्यस प्रश्चात् अधिकारीले रमेश आर्चायलाई प्रयोग गरी एसएमएस, फोन र ह्वाट्सपको मार्फत तामाङलाई पटक पटक सम्पर्क गरी ऋण उपलब्ध गराउन सहजीकरण गर्न ६ करोडको १ प्रतिशत रकम माग गरेका थिए । अधिकारीले आर्चायमार्फत हिमाल तराई कन्सट्रक्सन प्रालिको ऋणको लागि धितोको प्रारम्भिक मुल्यांकन गराइदिएका थिए ।
उनले माग गरेको घुसमध्ये ५ लाखको प्रभु बैंकको चेक तामाङले आर्चायलाई दिएका थिए । उक्त चेक आचार्यले उपलब्ध गराएको खुल्न आएको आयोगले जनाएको छ । साे चेक गत माघमा उनको घरबाट अख्तियारले बरामद गरेको थियो । उनले आर्चायको मिलेमतोमा ऋण निकाल्न सहयोग गरिदिन्छु भन्दै ५ लाख रुपैयाँ घुस लिएको देखिएकाले उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको उनलाई हुँदा बिगो ५ लाख रुपैयाँ बराबरको जरिवाना माग गरिएको छ ।
साथै, उनलाई यस कसुरमा चार वर्ष कैद हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । जसमा उनीसँगै आर्चायलाई समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सजाय हुने आयोगले बताएको छ । उनले तनहुँको आबुखेरेनीमा रहेको अलका देबी ट्रेडर्शको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भन्दै ५० लाख घुस लिएका थिए । अलका देवी ट्रेडर्शलाई बैंकमा राखी २५ करोड ऋण निकाल्ने योजना बनाएका थिए ।
यस ऋण निकाल्ने योजना प्रक्रियामा नेपाल बैंकको सञ्चालक समितिको अध्यक्ष जस्तो पदमा रहेर अधिकारीले लक्की खान, सन्तोष सुवेदी, दान बहादुर कार्की, नारायण प्रसाद बराल र सुन्दर बहादुर बानिया संलग्न रहेको अख्तियारको अनुसन्धानबाट देखिएको छ । अधिकारीले सन्तोष सुवेदीकामार्फत दान बाहदुर कार्की, सुन्दर बहादुर बाँनिया र नारायण प्रसाद बरालसँग ऋण रकम २५ करोड को २ प्रतिशत अर्थात ५० लाख घुस लिन दिने सहमति गरेका थिए ।
गत वर्ष भदौ १६ मा सन्तोष सुवेदीको एनआईसी एसीयाको खाता नं. १०५७०३३२४१४५२४०१७ लाख जम्मा भएको थियो । उक्त रकम जम्मा भएको भोलिपल्ट सुवेदीले उक्त रकममध्यबाट ५ लाख अभिनाश श्रेष्ठको नबिल बैंकको खाता नं. १३७१००१७५०२८७३ मा गरिदिएका थिए । उक्त रकम श्रेष्ठले केही समयमा नै अधिकारीको श्रीमती मधुमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ५११०१०००००१०१२०१० मा जम्मा गरिदिएको खुल्न आएको आयोगले जनाएको छ ।
उनको उक्त खाताको रकम गत भदौँको १७ गते १ लाख, १८ गते २ लाख, १९ गते २ लाख मधुमायाको राष्ट्रिय वाणिज्य बैंकको अर्को खाता नं. ५११०१०००००००५३०८ मा ट्रान्सफर गरिएको थियो । मधुमायाको उक्त खातामा भदौ ३० गते ९ लाख ९० हजार लक्की खान भन्ने व्यक्तिले निकाली अधिकारीको नेपाल बैंकको खाता नं. ०४५०१०००१०३२५५०००००१ मा असोज ८ गते २ लाख, १० गते चार लाख जम्मा गरिएको देखिएको छ ।
त्यसको केही समयपछि नारायण प्रसाद बरालले तीस लाख र १५ लाखको चेक काटेर सुन्दर बहादुर बानियाँसँग ललितपुरको झम्सिखेल पुगेर सन्तोष सुवेदीलाई दिएका थिए । उक्त चेक अविनाश श्रेष्ठमार्फत अधिकारीसम्म पुगेको थियो । साे चेक उनले भारतीय नागरिक लक्की खानलाई दिएका थिए।
बैंकबाट ऋण उपलब्ध गराउन सहजीकरण गराए बापत ५ लाख रकम बैंकबाट लिएको र बाँकी ४५ लाख बराबरको चेक नारायण प्रसाद बरालको नकिल बैंकको खाता नं. ०२१००१७५३९० र चेक नं.००४९७८११४० मा ३० लाख र चेक नं.००४९७८११४१ बाट १५ लाख प्राप्त गराएको आयोगले जनाएको छ । अधिकारी, लक्की खान, सन्तोष सुवेदी, दान बहादुर कार्की, नारायण प्रसाद बराल र सुन्दर बहादुर बानियाँलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रकम ५० लाख बराबरको जरिवाना हुने आयोगले बताएको छ ।
प्रतिक्रिया