\’टिच फर नेपाल\’लाई हिमालयन बैंकको  पाँच लाख रुपैयाँ सहयोग

 \’टिच फर नेपाल\’लाई हिमालयन बैंकको  पाँच लाख रुपैयाँ सहयोग


बैकिङ्ग समाचार । 

हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई पाँच लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ।

ग्रामिण क्षेत्रका समुदायिक/सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न सहयोग गरेको बैंकले बताएको छ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई दिएका हुन्।

टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरी ३० हजार भन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेकोे छ।