हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं –  हिमालयन बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंककले स्वान इन्टरनेशनल प्राइभेट लिमिटेडको नाममा रहेको ३१ हजार २ सय ३७ कित्ता शेयर बिक्रीमा राखेको हो। 

बैंककले यसअघि बैंकको विद्यामान संस्थापक शेयर धनीको लागि सो शेयर बिक्री खुला गरेको थियो। उक्त शेयरमा कम्पनीले उल्लेख गरेको समयावधिमा आवेदन नआएकाले बैंककले सो शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो। 

उक्त शेयरमा आवेदन दिन इच्छुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि यस बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौं स्थित कानुन तथा शेयर विभागमा निवेदन दिन सक्नेछन्।