अप्पर सोलु हाइड्रो कम्पनीको लकइन अवधि असारदेखि सकिँदै 


काठमाडौं – अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको असार २९ गतेदेखि लकइन अवधि सकिने भएको छ । कम्पनीले १ करोड १५ लाख ८१ हजार ६५०  कित्ता शेयर  लकइनमा राखेको हो । 

जसमध्ये संस्थापक शेयरधनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको १३ लाख ५०  हजार  कित्ता र कम्पनीमा कार्यरत कर्मचारीको ३९ हजार १४० कित्ता शेयर लकइन अवधि सकिन लागेको हो ।