गोर्खाज फाइनान्सको सञ्चालकमा राई नियुक्त 


काठमाडौं –  गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा जीवन कुमार राई नियुक्त भएका छन् । कम्पनीले राईलाई रिक्त रहेको सो पदमा ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । 

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको ५२२ औँ बैठकको निर्णयले उक्त पदमा राईलाई नियुक्त गरेको छ । उनको कार्यकाल जेठ २६ गते आजदेखि सुरु भएको छ ।