सर्वोत्तम सिमेन्टको सञ्चालक न्यौपानेले दिए राजीनामा


काठमाडौं –  सर्वोत्तम सिमेन्ट लिमिटेडको सञ्चालक उत्सव न्यौपानेले जेठ २३ गते राजीनामा दिएका छन् । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको २३४ औँ बैठकको निर्णयबाट न्यौपानेले  राजीनामा दिएका हुन् ।  

साथै, कम्पनीले उक्त रिक्त रहेको पदमा विनय खरेललाई  नियुक्त गरेको छ । खरेललाई सोही मितिदेखि लागू हुने गरी सो पदमा नियुक्त गरेको हो ।