अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कसले कति पाए ?

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कसले कति पाए ?


बैकिङ्ग समाचार । 
अजोड इन्स्योरेन्सको आईपीओको बाँडफाँड भएको छ ।

अजोेसको आइपीओमा आवेदन दिने लगानीकर्ता मध्ये २ लाख ७३ हजार जनाले १० कित्ता सेयर पाएका छन भने २ लाख ११ हजार ४९८ जनाले सेयर पाउन असफल भएका छन् ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार अजोडमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

अजोडमा ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँको आवेदन दिएका थिए । आवेदन दिने मध्ये ४ लाख ८४ हजार ४९८ जना मात्रै योग्य आवेदक ठहरिएका थिए । अरुको आवेदन रद्द भएको थियो ।

अजोडले असार २५ देखि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमा १ लाख २० हजार कित्ता कर्मचारीलाई, १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई र २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरिएको थियो ।