नेपाल टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनामाथि भ्रष्टाचारको विरुद्धमा मुद्दा दायर 


काठमाडौं – अख्तियार दुरुपयोग  अनुसन्धान अयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) संगिता पहाडी तथा एशियाइन्फो युङहाङ सफ्टवेयर (बेइजिङ) लिमिटेड, चीनसमेतका १८ जनामाथि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सम्पत्ति हिनामिना गरेको आरोपमा भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ । नेपाल सरकार र सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही तथा बदनियत गरी  २३ करोड २७  लाख ५८ हजार ७७ रुपैयाँ हानि नोक्सानी गराएको पुष्टि भएको आयोगले जनाएको छ । 

विलिङ्ग प्रणालीको खरिद गर्न नेपाल टेलिकमले प्रदान गरी रहेका जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन्वायरलेस ब्रॉडब्यान्ड आदि दूरसञ्चार सम्बन्धी सेवाहरुको बिलिङ विभिन्न प्लेटफर्मबाट विद्युतीय माध्यमबाट सञ्चालन भई रहेको प्रणालीलाई एउटै प्लेटफर्ममा एकीकृत गर्ने, रियल्टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना र अपडेट गर्ने उद्देश्य रहेको थियो ।

वार्षिक मर्मत सम्भार सम्झौता ६ वर्ष सम्मलाई लिन सकिने कार्य गर्दा ५ प्रतिशतको घट्दो दरमा भुक्तानी गर्नु पर्ने स्पष्ट व्यवस्था गरेको आयोगले जनाएको छ । वार्षिक ५ प्रतिशत छुट सहितको वार्षिक मर्मत सम्भार सम्झौता सेवाको प्रावधान प्रतिकूल हुने गरी आपूर्तिकर्तासँग अस्वाभाविक मूल्य कायम गरी गराई जम्मा ‘एशिया इन्फो’ सँग अस्वाभाविक अमेरिकी डलर दुई करोड पाँच लाख रुपैयाँमा एएमसी सेवा खरिद गर्ने गरी सम्झौता गरे गराएको आयोगले बताएको छ ।  

आयोगले रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा उल्लिखित कसुरजन्य कार्यमा संलग्न भएका उनीहरू उपर देहाय बमोजिमको सजाय हुन मागवादी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको  छ ।