अब बैंकले कृषिमा १५ प्रतिशत लगानी गर्नैपर्ने

अब बैंकले कृषिमा १५ प्रतिशत लगानी गर्नैपर्ने


बैकिङ्ग समाचार ।
 नेपाल राष्ट्र बैंकले कृ षि क्षेत्रमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्थालाई थप कडा गरेको छ । आर्थिक वर्ष २०७७र७८ को लागि मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जामा थप कडाइ गर्दै गरेको हो।

लगानी गर्नुपर्ने कर्जाको हिस्सा पनि बढाएको छ । अब बैंकहरूले कुल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यसअघि कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो । १० प्रतिशत लगानी पनि अधिकांश बैंकहरूले पुर्‍याउन नसकेर केन्द्रीय बैंकले उचित आर्थिक कारवाही गर्दै आइरहेको थियो । 

यसलाई अब भने कडाइका साथ कार्यान्वयनमा ल्याइने मौद्रिक नीतिमा उल्लेख छ । यसैगरी कृषि क्षेत्रमा गरिने लगानीको अगुवाइ कृषि विकास बैंकले गर्ने भएको छ । 

मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरूमध्ये कृषि विकास बैंकले कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्दै आएको छ।