सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट


बैंकिङ समाचार । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । सेयर बजारमा ८.६७ अंकको गिरावट आएपनि कारोबार रकम भने १ अर्ब भन्दा बढी नै रहेको छ ।

बजारमा गिरावट आउँदा नेप्से परिसूचक १३३३.६९ बिन्दुमा रोकिएको छ ।

१७५ कम्पनीको २८ लाख १ हजार ८०३ कित्ता सेयर १ अर्ब ४ करोड ९३ लाख ४५ हजार ४३६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा जीवन बीमा तर्फ लगानीकर्ताको ध्यान गएको देखिएको छ । जीवन बीमा समूहको उपसूचक २३.८७ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा गुँरास लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । गुँरासको ४ करोड ५८ लाख ६७ हजार ६२८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंक रहेका छन् ।

ग्रिन डेभलपमेन्ट बैंक, सम्बृद्धि फाइनान्स, सपोर्ट फाइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले कमाउँदा नेपाल फाइनान्स, ज्योति विकास बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।