अन्ततः सम्पदा लघुवित्तका सीईओ पौडेलले दिए राजीनामा, लक्ष्मण बने सीईओ


काठमाडौं –  सम्पदा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव कुमार पौडेले राजीनामा दिएका छन्। संस्थाको वैशाख ११ गते सञ्चालक समितिका अध्यक्ष समक्ष पौडेलले राजीनामा दिएका हुन्। 

संस्थाको जेठ २० गते बसेको सञ्चालक समितिको २४ औँ बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको हो । उक्त पदबाट पौडेलको कार्यकाल जेठ २१ गतेदेखि लागू हुने गरी आजदेखि सकिएको हो।

यस्तै, कम्पनीको सीईओमा लक्ष्मण पौडेल नियुक्त भएका छन् । सोही बैठकले स्याङजा घर भएका पौडेललाई सीईओमा नियुक्त गरेको हो।